Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद जारी गर्ने

सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद जारी गर्ने

अर्थ प्लस
सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद जारी गर्ने

काठमाडौं, वैशाख १२ । सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको २७ प्रतिशत अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसपछि बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुग्नेछ ।

वैशाख ४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरमा आवेदन दिने मिति जेठ १९ गतेसम्म तोकिएको छ ।

सम्बन्धित समाचार