Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन स्थानिय तहसँग शिक्षक महासंघको आग्रह 

काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन स्थानिय तहसँग शिक्षक महासंघको आग्रह 

अर्थ प्लस
काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन स्थानिय तहसँग शिक्षक महासंघको आग्रह 

आइतवार, बैशाख १४ २०८२

काठमाडौं । शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ। बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानिय तहले बिभिन्न सुचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।

हाल सरकारसँग बार्तामा समेत रहेको शिक्षक महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो।

आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्ति मार्फत आग्रह गरेको हो।

नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन केन्द्रित गरिरहेको छ ।

newskarkahna-news848380.-1.jpg
undefined

सम्बन्धित समाचार