Logo

Nov 08 2026 | २०८३, कात्तिक २३गते

images

सरकार जोगाउन गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न नीलम ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

सरकार जोगाउन गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न नीलम ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

अर्थ प्लस
सरकार जोगाउन गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न नीलम ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

काठमाडाैं, वैशाख १४ । अर्थमन्त्री विष्णु पौडेलले कायममुकायम गर्भनर नीलम ढुंगानालाई मन्त्रालयमा बोलाएर कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई आगामी गर्भनरमा नियुक्त गर्ने सहमति भएको छ। 

सो बमोजिम भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका भए पनि कामु गभर्नर ढुंगानाले अझै स्वीकृत गरिसकेकी छैनन्।

शनिबार राति ‌ओली र देउवाबीच भट्टलाई यसै हप्ता गभर्नरमा नियुक्त गर्ने सहमति भएपछि अर्थमन्त्री पौडेलले उनको राजीनामा स्वीकृत गर्न ढुंगानालाई निर्देशन दिएका हुन्।

‘आज दिउँसो अर्थमन्त्रीज्यूले बोलाएपछि कामु गभर्नर मन्त्रालयमा आउनुभएको थियो’, अर्थमन्त्री पौडेलको सचिवालयले भन्यो,‘मन्त्रीले स्पष्ट रूपमा भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिनुभएको छ।’

सम्बन्धित समाचार