Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज र भोलि मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

आज र भोलि मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

अर्थ प्लस
आज र भोलि मेघगर्जन र चट्याङ्गसहित बर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

काठमाडौँ, वैशाख २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
 
शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। 

आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

बर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार