Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

स्रोत नखुलेको ९५ लाख रुपैयाँ बोकेर हिड्ने ४ जना प्रहरीको फन्दामा

स्रोत नखुलेको ९५ लाख रुपैयाँ बोकेर हिड्ने ४ जना प्रहरीको फन्दामा

अर्थ प्लस
स्रोत नखुलेको ९५ लाख रुपैयाँ बोकेर हिड्ने ४ जना प्रहरीको फन्दामा

काठमाडौँ, वैशाख २२ ।  स्रोत नखुलेको झन्डै ९५ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज अपरान्ह ४ बजे काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडिको सडकमा शङ्कास्पद अवस्थामा सवार दुई वटा मोटरसाइकलमा रहेका चार जनालाई प्रहरीले रोकेर खानतलासी गरेको थियो।

खानतलासीको क्रममा उनीहरूको साथमा रहेको झोलाबाट रु. ९५,१७,५०० (अक्षरेपि: पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपैयाँ) फेला परेको प्रहरीले जनाएको छ। सो रकमको कानुनी स्रोत खुलाउन नसकेपछि उनीहरूलाई रकमसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार छ:
१. काठमाडौं, तार्केश्वर नगरपालिका–३ फेदी घर भएका समुन्द्र जमकट्टेल (उमेर २९ वर्ष)
२. सप्तरी, सप्तकोशी नगरपालिका–१ घर भएका गणेश राई (उमेर ४३ वर्ष)
३. लमजुङ, दोदी गाउँपालिका–३ घर भएका सन्तोष गुरुङ (उमेर ३१ वर्ष)
४. स्थायी ठेगाना नखुलेका सन्तोष घिमिरे (उमेर ३९ वर्ष)

हाल उनीहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको र रकमको स्रोत तथा प्रयोगबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस घटनाले अवैध रुपमा ठुलो परिमाणको नगद ओसारपसार भइरहेको आशंका थप बलियो बनाएको छ।

सम्बन्धित समाचार