Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
कर्पोरेट

माघमा जीवन बीमा कम्पनीले गरे सवा २ अर्बको बिजनेस, नेपाल लाइफ सबैभन्दा अगाडि, बीमा लेख बिक्रीमा भने नेसनल लाइफ

माघमा जीवन बीमा कम्पनीले गरे सवा २ अर्बको बिजनेस, नेपाल लाइफ सबैभन्दा अगाडि, बीमा लेख बिक्रीमा भने नेसनल लाइफ

अर्थ प्लस
माघमा जीवन बीमा कम्पनीले गरे सवा २ अर्बको बिजनेस, नेपाल लाइफ सबैभन्दा अगाडि, बीमा लेख बिक्रीमा भने नेसनल लाइफ

काठमाडौं, १४ फागुन । चालु आर्थिक बर्ष २०८०-८१ को माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले सवा २ अर्ब भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकारणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले एक महिनामा मात्रै २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका हुन्। उक्त समयमा यी कम्पनीहरूले ४ लाख ४८ हजार ६ सय ६६ वटा बीमा शुल्क जारी गरेका छन्।

माघ महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीले ५२ करोड ७६ लाख ५६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।
नेशनल लाइफले ३६ करोड ५७ लाख ८८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। सूर्यज्योति लाइफले १८ करोड ६९ लाख ३८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। सिटिजन लाइफले १५ करोड ९० लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।

त्यसैगरी, आइएमई लाइफले ९ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। प्रभु महालक्ष्मी लाइफले ५ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।

माघ महिनामा सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्सले बीमा लेख बिक्री गरेको छ। नेसनलले माघ महिनाभरि ८२ हजार ८ सय ७९ वटा बीमा लेख बिक्री गरेको छ। प्रथम बीमा शुल्क संकलनको आधारमा दोस्रो स्थानमा रहे पनि बिक्री गरेको बीमा लेख संख्यामा आधारमा भने नेसनल लाइफले धेरै व्यापार गरेको छ। बीमा लेख संख्यामा आधारमा दोस्रो स्थानमा मेट लाइफ इन्स्योरेन्स परेको छ। कम्पनीले ७७ हजार १ सय १३ वटा जीवन बीमा लेख बिक्री गरेको छ भने सानिमा रिलाइन्सले ६८ हजार ५ सय ३९ वटा, सिटिजन्स लाइफले ६७ हजार ४ सय २० वटा, सुर्यज्योति लाइफ इन्स्योरेन्सले भने ४९ हजार ९ सय ६६ वटा जीवन बीमा लेख बिक्री गरेका छन्।

तीन वटा जीवन बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले भने माघ महिनामा ३ हजार १९ वटा मात्रै जीवन बीमा लेख बिक्री गरेको छ जुन निजी क्षेत्रमा सञ्चालित बीमा कम्पनीहरुमध्ये सबैभन्दा न्यून हो।

सम्बन्धित समाचार