मंगलबार, २३ बैशाख २०८२
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।
