Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

अर्थ प्लस
बागमती प्रदेशमा आज सार्वजनिक बिदा

२४ बैशाख २०८२, बुधबार

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धि दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।

बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला छन् । जसमा सिन्धुली, रामेछाप, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन र मकवानपुर पनि पर्दछन् ।

सम्बन्धित समाचार