Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव, कहाँ कहाँ छ बर्षाको सम्भावना ?

बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव, कहाँ कहाँ छ बर्षाको सम्भावना ?

अर्थ प्लस
बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव, कहाँ कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौँ , वैशाख २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।

बुधबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

बिहीबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। 

कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

बर्षा र हिमपातको सम्भावना भएको क्षेत्रमा जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार