Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

हकप्रद सेयर जारी गर्दै छ्याङ्दी हाइड्रोपावर, बुक क्लोजको मिति तय

हकप्रद सेयर जारी गर्दै छ्याङ्दी हाइड्रोपावर, बुक क्लोजको मिति तय

अर्थ प्लस
हकप्रद सेयर जारी गर्दै छ्याङ्दी हाइड्रोपावर, बुक क्लोजको मिति तय

काठमाडौं, वैशाख २४ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, जेठ १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार