Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पाकिस्तानी प्रधानमन्त्रीले भने– पहलगाममा भएको घटनामा हाम्रो कुनै संलग्नता थिएन

पाकिस्तानी प्रधानमन्त्रीले भने– पहलगाममा भएको घटनामा हाम्रो कुनै संलग्नता थिएन

अर्थ प्लस
पाकिस्तानी प्रधानमन्त्रीले भने– पहलगाममा भएको घटनामा हाम्रो कुनै संलग्नता थिएन

काठमाडौं, वैशाख २५ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्दै गत महिना पहलगाममा भएको घटनामा संलग्न नभएको र पाकिस्तानलाई गलत कारणले आरोप लगाइएको बताएका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि दुई देशबीचको तनाव चरम सीमामा छ ।

भारतीय रक्षा मन्त्रालयले बुधबार बिहान एक विज्ञप्तिमा भनेको छ, "भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कुल नौ स्थानहरूलाई निशाना बनाएको छ ।"

भारतले भन्यो, "पाकिस्तानले 'आतंकवादी पूर्वाधार' ध्वस्त पार्न कुनै कदम चालेको छैन ।"

पाकिस्तानका प्रधानमन्त्री शरीफले आफ्नो सम्बोधनमा भने, "भारतले पाकिस्तानमाथि आक्रमण गरेर गल्ती गरेको छ ।"

सम्बन्धित समाचार