Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

भारत र पाकिस्तान दुवैको सम्पर्कमा छौँ- अमेरिका

भारत र पाकिस्तान दुवैको सम्पर्कमा छौँ- अमेरिका

अर्थ प्लस
भारत र पाकिस्तान दुवैको सम्पर्कमा छौँ- अमेरिका

काठमाडौं, वैशाख २५ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट नियालिरहेको बताएको छ । 

“अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा छन्  । दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरता कायम राख्न  र जिम्मेवार बन्न आग्रह गरिरहेको छ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ । 

यसअघि, बीबीसी संवाददाता टम बेटम्यानले पाकिस्तानमाथि भारतीय आक्रमणपछि अमेरिकाले संयम अपनाउन अपिल नगरेको बताएका थिए । 

यस्तै घटनाले अमेरिका र भारतबीचको सम्बन्ध बलियो भएको उनले बताएका थिए । पाकिस्तान तुलनात्मक रूपमा एक्लो रहेको उनको भनाइ थियो । 

गएराति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ दोहोर्‍याएका थिए । उनले आक्रमण र दुई देशबीचको तनाव चाँडै समाप्त हुनेछ र शान्तिपूर्ण समाधानतर्फ काम गर्ने उनले बताएका थिए । बीबीसी 

सम्बन्धित समाचार