Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

इष्टर्न हाईड्रोपावरको नाफा बढ्यो, यस्ता छन् वित्तीय सूचकहरु

इष्टर्न हाईड्रोपावरको नाफा बढ्यो, यस्ता छन् वित्तीय सूचकहरु

अर्थ प्लस
इष्टर्न हाईड्रोपावरको नाफा बढ्यो, यस्ता छन् वित्तीय सूचकहरु

काठमाडौं, वैशाख २५ । इष्टर्न हाईड्रोपावर लिमिटेडको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६३.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीको नाफा ३३ लाख ९९ हजार रुपैयाँमा सीमित थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम ९ करोड ३५ लाख रहेको थियो । कम्पनीको खर्च भने बढेको छ । अघिल्लो आवमा ३ करोड ९४ लाख रहेको कुल खर्च बढेर ४ करोड २३ लाख पुगेको छ । कम्पनीको वित्त खर्च भने ४ करोड ५ लाख बाट घटेर ३ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ ।  

त्यस्तै कम्पनीको रिजर्भको आकार भने १६ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड २ लाख र कुल चालु दायित्व ४ करोड ४७ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७३.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.५४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३४०.०९ गुणा र तरलता अनुपात १.७९ गुणा कायम भएको छ ।    

सम्बन्धित समाचार