Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

गठबन्धनमा पार्टीको तर्फबाट समस्या छैन, प्रधानमन्त्री ओलीले विगतमा जस्तै छोडेर गएमा भने केही लाग्दैनः देउवा

गठबन्धनमा पार्टीको तर्फबाट समस्या छैन, प्रधानमन्त्री ओलीले विगतमा जस्तै छोडेर गएमा भने केही लाग्दैनः देउवा

अर्थ प्लस
गठबन्धनमा पार्टीको तर्फबाट समस्या छैन, प्रधानमन्त्री ओलीले विगतमा जस्तै छोडेर गएमा भने केही लाग्दैनः देउवा

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ ।

सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताएको एक पदाधिकारीले बताए । देउवाले कांग्रेसले २०७९ को निर्वाचनपछि प्रचण्डलाई नछोडे पनि आफै छोडेर गएको र अहिले पनि ओलीले त्यस्तै गरी छोडेर गएमा केही नलाग्ने ब्रिफिङ गरेको ती पदाधिकारीले बताए ।

‘सत्ता गठबन्धनबारे बाहिर आएजस्तो केही भएको छैन । पहिला २०७९ को निर्वाचनपछि हामीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेका होइनौँ । उहाँले नै हामीलाई छोडेर नेकपा एमालेसँग मिल्न जानुभएको हो,’ बैठकमा देउवाको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने, ‘केपी ओलीजी पनि अहिलेसम्म गठबन्धन गरेर हामीसँगै हुनुहुन्छ । २०८४ को निर्वाचनसम्म सँगै जाने कुरामा हामी ढुक्क छौँ । बिचमै छोडेर जानु भयो भने त के लाग्छ र । हाम्रो तर्फबाट त्यस्तो समस्या छैन ।’

सम्बन्धित समाचार