Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

शनिबार र आइतबार कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना ?

शनिबार र आइतबार कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना ?

अर्थ प्लस
शनिबार र आइतबार कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना ?

काठमाडौँ, वैशाख २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशको  पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। 

गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । 

आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरी समेत  सम्भावना रहेको छ ।

आइतबार दिउँसो लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी  पहाडी भूभागका ‍एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरी समेत  सम्भावना रहेको छ ।

मेघगर्जनरचट्याङ्ग सहित बर्षा हुने र मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत  सम्भावना रहेको कारण उक्त क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार