Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

अर्थ प्लस
आज यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख २८ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

उता, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी  र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४३ मिनेटमा हुनेछ ।

सम्बन्धित समाचार