Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

भारतको दाबी : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो

भारतको दाबी : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो

अर्थ प्लस
भारतको दाबी : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो

काठमाडौं, वैशाख २८ । भारतले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । दुई देशबीच शनिबार साँझ युद्धविराम घोषणा भएको थियो । 

त्यसको केही घण्टामै पाकिस्तानले सम्झौता उल्लंघन गरेको भारतको दाबी छ । भारतीय विदेशसचिव विक्रम मिस्रीले शनिबार राति एक विशेष पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन् ।

उनले भने, “केही दिनदेखि चलिआएको सैन्य कारबाही रोक्ने सम्झौता आज साँझ भएको थियो । केही घण्टादेखि पाकिस्तानी पक्षले यस सम्झौताको गम्भीर उल्लंघन गरिरहेको छ,” उनले थपे, “भारतीय सेनाले प्रतिकारात्मक कारबाही गरिरहेको र यो सीमाउल्लङ्घनको सामना गरिरहेको छ । यो उल्लंघन अत्यन्तै निन्दनीय छ र पाकिस्तान यसका लागि जिम्मेवार छ ।”

लगभग दुई मिनेटको यो पत्रकार सम्मेलनमा मिस्रीले भने, “पाकिस्तानले यो स्थितिलाई ठीकसँग बुझ्नेछ र यो उल्लंघन रोक्न तुरुन्त उचित कदम चाल्नेछ भन्ने हाम्रो विश्वास छ ।’

उनले स्पष्ट पार्दै भने, “भारतीय सेनाले यो स्थितिमा कडा निगरानी राखेको र कुनै पनि उल्लंघनको सामना गर्न ठोस र कडा कदम चाल्ने निर्देशन दिइसकेको छ ।’ बीबीसी हिन्दी

सम्बन्धित समाचार