Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता (इएमआइ) सुविधाको शुभारम्भ

महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता (इएमआइ) सुविधाको शुभारम्भ

अर्थ प्लस
महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता (इएमआइ) सुविधाको शुभारम्भ

काठमाडौं, जेठ २ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा (समान मासिक किस्ता) आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।

“आफूलाई मन पर्ने कुरा किन्नुहोस्, मन पर्ने कुरा तिर्नुहोस्” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् ।

नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफुले खरिद गरेको बिल पेश गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआइ प्रोसेसिं शुल्क लिने छैन ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार