Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कांग्रेस माओवादी एक हुँदै: प्रचण्डसँगको टेलीफोन वार्तापछि जनार्दनले भेटे देउवा

कांग्रेस माओवादी एक हुँदै: प्रचण्डसँगको टेलीफोन वार्तापछि जनार्दनले भेटे देउवा

अर्थ प्लस
कांग्रेस माओवादी एक हुँदै: प्रचण्डसँगको टेलीफोन वार्तापछि जनार्दनले भेटे देउवा

काठमाडौं, जेठ ३ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।  शुक्रबार देउवा निवास बुढानीलकण्ठ पुगेर शर्माले देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जनार्दनले बताएका छन् ।

पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतका अभियानमा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ विहान डडेलधुराबाट देउवासँग फोन संवाद गरेका थिए । प्रचण्डले फोन संवाद गरेको केही घण्टाभित्रै उपमहासचिव शर्मा देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

सत्तारुढ दल कांग्रेस–एमालेबीच सम्बन्ध चिसिँदै गएको गाइँगुईँ चलिरहेकै अवस्थामा प्रचण्डले फोन गरेलगत्तै उपमहासचिव शर्माले निवासमै पुगेर देउवासँग भेट्नुलाई विशेष रुपमा हेरिएको छ । प्रचण्डले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन चाहेको खण्डमा विना शर्त सहयोग गर्ने बताइसकेका छन् ।

सम्बन्धित समाचार