Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन (पूर्णपाठ)

उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन (पूर्णपाठ)

अर्थ प्लस
उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं, जेठ ४ । विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो ।

०८१ चैच ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विधेयकमा देखिएका विवादमा सरोकारवालासँग छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो ।

सरकारले शिक्षकहरूसँग असार १५ भित्र विधेयक पारित गर्ने सहमति गरेको थियो ।

सम्बन्धित समाचार