काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्ने उच्च अदालतको आदेशलाई सदर गरिदिएको छ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो।
आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
