विराटनगर, जेठ ५ । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी मोरङमा दुर्घटनामा परेको छ।
सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए भने अर्को सवारीमा कोशी प्रदेशका चार सांसद थिए। जसमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए ।
उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरुको अवस्था सामान्य छ ।
