काठमाडौं, जेठ ५ । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई आज पनि स्थगित भएको छ ।
सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च प्रशासनले आज पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।
