Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

दुर्गा प्रसाईंलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति 

दुर्गा प्रसाईंलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति 

अर्थ प्लस
दुर्गा प्रसाईंलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति 

बिहीबार, जेठ ८, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलगायतलाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको छ ।

प्रहरीले अनुसन्धान सकिए पनि उनीहरूको अनुसन्धान प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भन्दै म्याद थपका लागि बिहीबार अदालत पेस गरेको थियो ।

सोहीअनुसार अदालतले दुई दिनको म्याद दिएको काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । उनीहरूमाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको ५५ दिन पूरा भएको छ ।

संगठित मुद्दामा अनुसन्धान भएका कारण उनीहरूविरुद्धको मुद्दा ६० दिनभित्र जिल्ला अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।

सम्बन्धित समाचार