Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

युवा संघको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा जाँदै

युवा संघको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा जाँदै

अर्थ प्लस
युवा संघको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा जाँदै

काठमाडौँ, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आज पोखरा आउने जाने भएका छन् ।

पोखरामा हुने नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री ओली आउन लागेका हुन्

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उनी बिहान ११ः३० बजे पोखरा आउने तयारी छ ।

प्रधानमन्त्री ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए ।

जनसंगठन समन्वय संयन्त्र प्रमुख रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल भने पोखरा आइसकेका छन् ।

पोखराको अमरसिंहमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुनेछ । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

देशभरबाट करिब २ हजार प्रतिनिधि सहभागी हुनेछन् । जेठ ११ गतेसम्म चल्ने महाधिवेनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।

सम्बन्धित समाचार