Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य प्रतितोलामै ११०० रूपैयाँले घट्यो, चाँदीको कति ?

सुनको मूल्य प्रतितोलामै ११०० रूपैयाँले घट्यो, चाँदीको कति ?

अर्थ प्लस
सुनको मूल्य प्रतितोलामै ११०० रूपैयाँले घट्यो, चाँदीको कति ?

काठमाडौँ, जेठ ९ । आज शुक्रबार सुनको मूल्य ओरालो लागेको  छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य प्रतितोला ११०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज ११०० रूपैयाँले गिरावट आएको छ ।

साथै, चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले घटेको छ । बिहिबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको २ हजार ५ रूपैयाँ कायम भएको छ ।

 

सम्बन्धित समाचार