Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आदेश लेखनको कार्य सुरु, आजै आदेश आउने

लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आदेश लेखनको कार्य सुरु, आजै आदेश आउने

अर्थ प्लस
लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आदेश लेखनको कार्य सुरु, आजै आदेश आउने

काठमाडौँ, जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ। 

शुक्रबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए । 

जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । 

सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु हुँदैछ । आजै आदेश आउनेछ ।

बिहीबार  रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका थिए ।

सम्बन्धित समाचार