Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय, प्रसाईंविरुद्ध पनि ५ मुद्दा

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय, प्रसाईंविरुद्ध पनि ५ मुद्दा

अर्थ प्लस
तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय, प्रसाईंविरुद्ध पनि ५ मुद्दा

काठमाडौँ, जेठ ९ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ ।

बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।

कुल १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

प्रतिवादी बनाउनुपर्ने भनेर राय दिइएका मध्ये १८ जना फरार छन् । पक्राउ परेका र हाजिर जमानीमा छुटेका ९० जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्बन्धित समाचार