काठमाडौँ, जेठ ९ । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । शुक्रबार अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् ।
रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले जानकारी दिएका छन् ।
छिल्लो समय भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेका सदस्यहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेको समयमा सर्वोच्चमा रिट पेश भएको हो ।
