Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

नागढुंगा–नौबिसे सडक आजदेखि दैनिक साढे चार घण्टा बन्द

नागढुंगा–नौबिसे सडक आजदेखि दैनिक साढे चार घण्टा बन्द

अर्थ प्लस
नागढुंगा–नौबिसे सडक आजदेखि दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ, जेठ १० । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । 

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको  जानकारी दिए । 

आयोजनाले नागढुंगा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । 

नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । 

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­ त्रिशूली­ गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ । रासस

सम्बन्धित समाचार