Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सडक भत्किँदा अवरुद्ध दाउन्ने खण्ड एकतर्फी खुल्यो, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सडक भत्किँदा अवरुद्ध दाउन्ने खण्ड एकतर्फी खुल्यो, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

अर्थ प्लस
सडक भत्किँदा अवरुद्ध दाउन्ने खण्ड एकतर्फी खुल्यो, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौँ, जेठ १० । शुक्रबार राती बर्दघाट नगरपालिका–४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ भने कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ।

आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र बानियाले बताए। दाउन्ने खण्डमा गत चैतदेखि आंशिक बन्द गरेर सडक निर्माण भइरहेको छ। बुटवल–नारायणगढ सडक विस्तारका क्रममा दाउन्ने खण्डको करिब २० किलोमिटर सडक कालोपत्रे बाँकी छ।

यसैबीच अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन्। मेसिन ल्याएर सडक खुलाउने प्रयास भएको प्रहरी निरीक्षक थापाको भनाइ छ। 

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ। बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प छन्।

करिडोर भएर बुटवल, भैरहवालगायतका ठाउँमा चल्न सवारीसाधान ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिनुपरेको छ।

सम्बन्धित समाचार