Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images
समाचार

१४ वर्षिय शालिनकाे बलात्कार नभएकाे पोस्टमार्टम रिपाेर्टबाट पुष्टि, सुसाइड नोटकाे जाँच गरिँदै

१४ वर्षिय शालिनकाे बलात्कार नभएकाे पोस्टमार्टम रिपाेर्टबाट पुष्टि, सुसाइड नोटकाे जाँच गरिँदै

अर्थ प्लस
१४ वर्षिय शालिनकाे बलात्कार नभएकाे पोस्टमार्टम रिपाेर्टबाट पुष्टि, सुसाइड नोटकाे जाँच गरिँदै

काठमाडौं, फागुन २० । पछिल्लाे समय देशभरमा चितवनको शिशु निकेतन विद्यालयभित्र एक विद्यार्थी मृत भेटिएकाे विषयलाई लिएर चर्काे विवाद चलिरहेकाे छ । चितवनको रत्नगर नगरपालिका–१० स्थित विद्यालयकाे हाेस्टलकाे काेठामा शालिन पोखरेलको मृत अवस्थामा भेटिएपछि परिवारजनले बलात्कार पछिकाे हत्या भएकाे बताउँदै आएको थियो । तर पोस्टमार्टम रिपाेर्टमा भने बलात्कार नभएकाे पुष्टि गरेको छ। 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टमबाट १४ वर्षिय शालिनकाे बलात्कार भएकाे वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएकाे छ । आइतबार चिकित्सकहरुले पोष्टमार्टम जाँचको प्रतिवेदन तयार गरेका हुन् । उक्त रिपाेर्टमा शालिनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएकाे छ।

यसकासाथै शालिनको कोठामा एक ‘सुसाइड नोट’ भेटिएको थियाे । जसकाे प्रहरीले जाँच गर्ने भएको छ । शालिनका बुवाले उक्त नोटमाथि आशंका गरेकाे भन्दै प्रहरीद्वारा ‘सुसाइड नोट’ को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरिने भएको हो । उक्त सुसाइड नाेटमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएकाे छ ।

फागुन १२ गते, विद्यालयको हाेस्टलको कोठामा शालिन झुण्डिएकाे अवस्थामा भेटिएकी थिइन् । त्यसछि उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै त्यहाँबाट  शव त्रिवि शिक्षण अस्पतालमा काठमाडौं ल्याएको थियाे ।

सम्बन्धित समाचार