Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

राजावादीको आन्दोलन बिथोल्न एमाले कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

राजावादीको आन्दोलन बिथोल्न एमाले कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

अर्थ प्लस
राजावादीको आन्दोलन बिथोल्न एमाले कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, जेठ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूले आन्दोलन गर्ने घोषणा गरेको दिन अर्थात् जेठ १५ गते बिहान ११ बजेदेखि २ बजेदेखि काठमाडौँ एमालेको हातमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको निर्देशन नपर्खन कार्यकर्ताहरूलाई आह्वान गर्दै जेठ १५ गते काठमाडौँ नियन्त्रणमा लिन आजैदेखि तयारी थाल्न निर्देशन दिएका छन्।
 
उनले राजावादीलाई खाओवादीको संज्ञा पनि दिए। ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भने। ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै प्रश्न गर्दै उनले राजावादीहरू सानो उद्देश्यका लागि लडिरहेको बताए।

उनले भेलामा भने,-‘निर्देशन पछि आउला १५ गतेका लागि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौँ।’

सम्बन्धित समाचार