२०८२ जेठ ११ गते
काठमाडौं। नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही मृत फेला परेकी छन् ।
उनी आज भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो।
गत २०७६ सालमा संसद् सचिवालयमा कार्यरत शाहीले तत्कालीन सभामुख महरालाई बलात्कार मुद्दामा कारागारसम्म पुर्याएकी थिइन् ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ ।
