Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि बिहान ११ बजे

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि बिहान ११ बजे

अर्थ प्लस
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि बिहान ११ बजे

मंगलबार, जेठ १३, २०८२
काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगन भएको छ । संसद्‌को अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।सदनबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका विपक्षी दलहरूले अडान नछाडेपछि बैठक स्थगन गरिएको हो ।

आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगन गरिएको हो ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । आजको बैठकमै गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नबारे सदनबाटै जवाफ दिने तयारी गरेका थिए । तर, विपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन ।

गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोप निराधार रहेको बताइसकेका छन् । उनको पार्टी नेपाली कांग्रेसले पनि गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालिसकेको छ ।

सम्बन्धित समाचार