Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म

बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म

अर्थ प्लस
बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म

काठमाडौं, जेठ १५ । प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल जेठ २० देखि २३ गतेसम्म हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथिको सामान्य छलफल जेठ २०, २१, २२ र २३ गते हुने समय तय गरेका हुन् । 

उनले दलीय प्रतिनिधित्वको आधारमा भाग लिने सांसदहरूलाई सम्बन्धित दलका पदाधिकारीले बैठक बस्नुभन्दा एक घण्टा अगाडि सचिवालयलाई उपलब्ध गराउन पनि आग्रह गरे । 

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ २३ गते दिने पनि सभामुख घिमिरेले बताए ।

सम्बन्धित समाचार