Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियानलाई निरन्तरता दिने

माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियानलाई निरन्तरता दिने

अर्थ प्लस
माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियानलाई निरन्तरता दिने

शुक्रबार, १६ जेठ २०८२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत जेठ २ गते बैतडीबाट माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको थियो । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु सहभागी सो अभियान गण्डकी प्रदेशका विभिन्न जिल्लामा सम्पन्न भइसकेको छ ।

साथै बैठकले एकता प्रक्रियाबाट पार्टीमा समाहित भएका नेसपाको गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारेमा छलफल गरेको प्रवक्त अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार