Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पञ्जाबलाई हराउँदै बेंगलुरु नौ वर्षपछि चौथोपटक आईपीएलको फाइनलमा

पञ्जाबलाई हराउँदै बेंगलुरु नौ वर्षपछि चौथोपटक आईपीएलको फाइनलमा

अर्थ प्लस
पञ्जाबलाई हराउँदै बेंगलुरु नौ वर्षपछि चौथोपटक आईपीएलको फाइनलमा

शुक्रबार, १६ जेठ २०८२
काठमाडौं । पञ्जाब किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार न्यु चण्डीगढमा पञ्जाबले प्रस्तुत गरेको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । बेंगलुरुको जितमा ओपनर फिल साल्टले २७ बलमा ५६ रन बनाए । उनले ६ चौका र तीन छक्का प्रहार गरे । मयंक अग्रवालले १९, कप्तान रजित पटिदरले १५ र विराट कोहलीले १२ रन थपे ।

पञ्जाबका काइल जेमिसन र मुशिर खानले समान एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १४.१ ओभरमा १०१ रन बनाएको थियो । पञ्जाबका मार्कुस स्टोइनिसले २६ रन जोडे । अज्मतुल्लाह ओमरजाई र प्रभसिम्रनले समान १८ रन थपे । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

पञ्जाबलाई सस्तैमा समेट्न जस हेजलवुड र सुयास शर्माले समान तीन विकेट लिए । एस दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो सेफर्डले एकरएक विकेट लिए ।

हालसम्म उपाधि जित्न असफल बेंगलुरु आईपीएलको इतिहासमा चौथोपटक फाइनलमा प्रवेश गरेको हो । बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ मा प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो ।

सम्बन्धित समाचार