Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पश्चिमी र स्थानीय वायुको प्रभावसँगै पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुनेछ बर्षा ?

पश्चिमी र स्थानीय वायुको प्रभावसँगै पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुनेछ बर्षा ?

अर्थ प्लस
पश्चिमी र स्थानीय वायुको प्रभावसँगै पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुनेछ बर्षा ?

काठमाडौँ, जेठ १७ । हाल देशको पश्चिम र मध्य भुभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।

शनिबार राति कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

यसैगरी, आइतबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

भारी बर्षा र हिमपातकोे सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार