Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद सिंह पक्राउ

कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद सिंह पक्राउ

अर्थ प्लस
कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद सिंह पक्राउ

काठमाडौं, जेठ १८ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका राप्रपाका सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहसँगै प्रवक्ता मोहनकुमार श्रेष्ठ पनि परिसरमा पुगेका थिए । प्रहरीले श्रेष्ठलाई बाहिर पठाई सिंहलाई केही सोधपुछ गर्ने भन्दै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार सांसद सिंहलाई सोधपुछका लागि राखिएको हो । यसअघि निषेधित क्षेत्र तोड्ने प्रयास गरेको आरोपमा अध्यक्ष थापासहित ७ जना पक्राउ परेका थिए । सिंहको पक्राउसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

सम्बन्धित समाचार