Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सरकार र यातायात व्यवसायीबिच ६ बुँदे सहमति, बन्द फिर्ताबारे अझै अन्योल

सरकार र यातायात व्यवसायीबिच ६ बुँदे सहमति, बन्द फिर्ताबारे अझै अन्योल

अर्थ प्लस
सरकार र यातायात व्यवसायीबिच ६ बुँदे सहमति, बन्द फिर्ताबारे अझै अन्योल

मंगलबार, २० जेठ २०८२

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति जुटेको छ । सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ ।

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले गण्डकी प्रदेशले गरेको निर्णयका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको जानकारी दिए ।

छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्नेगरी सहमति भएको जनाउँदै त्यो नहुँदासम्म आन्दोलन यथावत् रहने बताए ।

सम्बन्धित समाचार