Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

काठमाडौं महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

अर्थ प्लस
काठमाडौं महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौ ।  काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

यस अघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जनाइएको छ  । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको हो ।

उनी निलम्बनमा परे पछि काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाइ दिइएको छ ।


 

 

सम्बन्धित समाचार