Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, नयाँ रणनीति बनाउन बैठक आह्वान

राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, नयाँ रणनीति बनाउन बैठक आह्वान

अर्थ प्लस
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, नयाँ रणनीति बनाउन बैठक आह्वान

काठमाडौं, जेठ २१ ।  राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरुको पहिलो चरणको  जनआन्दोलन सकिएको छ ।  संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु एक हप्ते आन्दोलनको पहिलो चरण मङ्गलबार सम्पन्न भएको जानकारी गराइएको छ।  आन्दोलनको नयाँ खाका बनाउनको लागि आज बैठक बस्ने भएको छ।

चैत १५ गतेबाट सुरुवात भएको  पहिलो चरणको आन्दोलन सकिएको होभएको हो । पहिलो साताको आन्दोलनमा व्यापक जनसहभागिता भएको निष्कर्ष समितिले निकालेको छ । 

विज्ञप्तिअनुसार पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति तय गर्न समितिले जेठ २१ गते बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बैठक बोलाएको छ। दिउँसो २ बजेका लागि तय गरिएको सो बैठकमा समितिमा आबद्ध ४४ वटा राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । 

दोस्रो चरणको आन्दोलन थप सङ्गठित र सशक्त बनाउने राजावादी समूहको दाबी छ। 

सम्बन्धित समाचार