Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

संघीय संसद्का दुवै सदनको बैठक बस्दै (यस्ता छन् सम्भावित कार्यसूचीसहित)

संघीय संसद्का दुवै सदनको बैठक बस्दै (यस्ता छन् सम्भावित कार्यसूचीसहित)

अर्थ प्लस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै (यस्ता छन् सम्भावित कार्यसूचीसहित)

शुक्रबार, जेठ २३, २०८२
 
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार