Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अमेरिकाको भर्जिनियामा एउटै घरमा चार नेपाली मृत फेला

अमेरिकाको भर्जिनियामा एउटै घरमा चार नेपाली मृत फेला

अर्थ प्लस
अमेरिकाको भर्जिनियामा एउटै घरमा चार नेपाली मृत फेला

शनिबार, जेठ २४, २०८२

काठमाडौं । अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना मृत फेला परेका हुन् ।

दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या हो अथवा आत्महत्या भनेर अनुसन्धान गरिरहेको एनबीसीवासिङटन अनलाइनले जनाएको छ ।

मृत्यु हुनेमा दुई वर्षीय बालक, आठ वर्षीया बालिका, ३८ वर्षका सन्तोष परियार र ३६ वर्षकी अञ्जु श्रेष्ठ रहेका समाचारमा उल्लेख छ ।

छिमेकीहरूले बताए अनुसार उनीहरू ६ महिना अगाडि नेपालबाट अमेरिका गएका थिए । चारै जनाको शरीरमा गोली लागेको स्पष्ट चोट छ । गोली लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बन्दुक बरामद भएको छ ।

सम्बन्धित समाचार