Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थ प्लस
नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २६ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित १३ जनाविरुद्ध तीनवटा फरक–फरक भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न परियोजनामा ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा अधिकारीसहित अन्य व्यक्तिहरूविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

आयोगका अनुसार, भुसाल हस्पिटालिटी अन्तर्गत र्‍याडिसन प्रोजेक्टमा १२ लाख रुपैयाँ घुस लिएको अभियोगमा अधिकारीसहित ५ जनामाथि मुद्दा दायर गरिएको छ। 

त्यस्तै, हिमाल तराई कन्स्ट्रक्सन प्रोजेक्टमा ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा २ जनाविरुद्ध तथा अकला देवी ट्रेडर्सको ऋण सहजीकरणका लागि ५ लाख रुपैयाँ घुस लिएको अभियोगमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार, ती सबै अभियुक्तहरूले परियोजनाहरूको बैंक ऋण स्वीकृतिमा प्रभाव पार्ने नियतले रकम असुली गरेको प्रमाण फेला परेको छ। 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।

सम्बन्धित समाचार