Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

अर्थ प्लस
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

काठमाडौँ, जेठ २७ । देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ। आज दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, भोलि बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशका उच्चपहाडी तथा हिमाली भूभागका  एक-दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

बुधबार राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेश उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

सम्बन्धित समाचार