काठमाडौँ, जेठ ३० । जिल्ला अदालत काठमाडौंले आपराधिक उपद्रवको आरोपमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको छ।
न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राती गत चैत १५ को तीनकुने घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो।
अदालतले घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ।
