Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

देशभर वर्षाको सम्भावना, बागमतीसहित पाँचवटा प्रदेशमा ठूलो पानी पर्ने

देशभर वर्षाको सम्भावना, बागमतीसहित पाँचवटा प्रदेशमा ठूलो पानी पर्ने

अर्थ प्लस
देशभर वर्षाको सम्भावना, बागमतीसहित पाँचवटा प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं, असार ५ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । देशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

सम्बन्धित समाचार