Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

खुल्यो सुनचाँदी पसल, सरकारलाई दियो यस्तो अल्टिमेटम

खुल्यो सुनचाँदी पसल, सरकारलाई दियो यस्तो अल्टिमेटम

अर्थ प्लस
खुल्यो सुनचाँदी पसल, सरकारलाई दियो यस्तो अल्टिमेटम

काठमाडौँ , असार ५ । सुनचाँदी व्यवसायीले बिहीबारदेखि आफ्नो आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासङ्घले जनाएको छ ।

सुनचाँदी व्यवसायीले आफूहरूको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् ।  सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुने गरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समितिमार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।

sun.JPG

सम्बन्धित समाचार